२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री कार्कीद्वारा परिणाम आउने गरी काम गर्न निर्देशन



file
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम आउने गरी काम गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट वक्तव्य तथा उल्लेखित बुँदा र आर्थिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजना सार्वजनिकरण एवं आर्थिक वर्ष २०७९/८० का कार्यसम्पादन सम्झौता कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “अब हामीले अनुहार होइन, काम हेरेर अगाडि बढेको खण्डमा मात्रै परिणाममुखी काम गर्न सक्छौँ, होइन भने भाषणले मात्रै हुँदैन, हामीले काम गर्ने भनेर धेरै पटक धेरै विषयमा हस्ताक्षर गरियो, तर कार्यान्वयन हुँदैन, हाम्रो कमजोर पक्ष भनेको त्यही हो, त्यसैले कार्यान्वयनसँगै परणाम आउने गरी काम गर्नुहोस् ।” कार्यान्वयन पक्षलाई लाई केन्द्रविन्दुमा राखेर काम गर्न सकेको खण्डमा मात्रै सही परिणाम आउने उहाँको भनाइ छ ।

मन्त्री कार्कीले मन्त्रालयअन्तर्गतका निकायका नाममा रहेको सम्पत्तिको संरक्षण गर्दै उत्पादनशीलतासँग जोड्नसमेत निर्देशन दिनुभयो । उहाँले राजनीतिक नेतृत्व र स्थायी सरकारका रुपमा रहेका कर्मचारी इमान्दार र समर्पित भयो भने सरकारले अवलम्बन गरेको नीतिलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“म धेरै भाषणमा विश्वास गर्दिन, काममा विश्वास गर्छु, समर्पण र इमान्दारितामा विश्वास गर्छु, त्यस दिशामा हामीले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेर परिणाममुखी काम गर्नका निमित्त सबैसँग आग्रह गर्न चाहान्छु, मेरो भूमिकाको निमित्त पनि तपाईँहरुको सल्लाह सुझावको अपेक्षा गर्दछु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा मन्त्री कार्की र सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, सचिव र मन्त्रालयका महाशाखा प्रमुख, सचिव र मन्त्रालयअन्तर्गतका निकायका प्रमुखबीचमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको थियो । सोही अवसरमा सचिव डा अर्यालले चालु आर्थिक वर्षमा खर्च र नतिजालाई जोड्ने गरी तथा यो वर्षको खर्चमा बेरुजु शून्य हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

सचिव डा अर्यालले मन्त्रालयअन्तर्गत रहेका निकायका नाममा रहेको भौतिक सम्पत्तिको विवरण मन्त्री समक्ष पेश गर्नुभएको थियो ।




भर्खरै