२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिमसिमे पानी’ विवादः प्रेमराजा महतले गीत अतिक्रमण गरेको रेखा शाहको आरोप



अ+ अ-

काठमाडौं । गायिका रेखा शाहले चर्चित गीत ‘सिमसिमे पानी’ गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।

उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप शाहको छ ।

आइतबार फेसबुक लाइभमा आएर गायिका शाहले उक्त गीत काठमाडौंमा आएर रेडियो नेपालमा गाएको पहिलो गीत रहेको र त्यही गीत गाएर प्रतियोगितामा प्रथम भएको उल्लेख गरेकी छन् ।

‘एल्बम बजारमा आयो, त्यो एल्बम प्रेमराजा महतको नाममा मात्र थियो । सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ । त्यो थाहा पाएपछि म सक्ड भएँ ।’ उनले लाइभमा भनिन् ‘उहाँले आफ्ना आमाबुवामाथि क्यासेट समर्पित गर्नुभएको रैछ । ममाथि न्याय भएन भनेर मलाई त्यतिबेलै महसुस भएको हो । संगीतमा सिनियरबाट संस्कार हुन्छ भन्ने सुनेको थिएँ ।’

असार ४ गते शाहले लिखित रुपमा म्युजिक नेपालसँग निवेदन दिँदै गीतको सबै किसिमको इतिहास आफूलाई चाहियो भनेर माग गरेको शाहले बताइन् । उक्त एल्बम आजसम्म जति बिक्रि भयो त्यसको कत्ति पनि पारिश्रमिक नपाएको उनको आरोप छ ।

यस्तै, उनले अन्तमा भनिन् ‘सिमसिमे पानीमा रेखा शाहको हो भन्ने थाहा थिएन, उहाँहरुले बुझ्नु जरुरी छ । इतिहास बोकेको कुरामा सबैले जान्नुपर्छ भन्ने मलाई लाग्छ ।’