२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं तेक्वान्दो कार्यसमितिलाई बधाइ



अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति, नेसनल ओपन स्काउट क्रु र बाल गीताञ्जली स्कुलले काठमाडौं जिल्ला तेक्वान्दो संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सम्मानमा शनिबार बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरे, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले पदाधिकारीहरुलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै सर्वसम्मत निर्वाचित टोलीलाई बधाइ दिए ।

सो अवसरमा मेयर थापाले पदाधिकारीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरे । भदौ ५ गते चावहिलमा भएको संघको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको थियो ।