२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै



अ+ अ-

काभ्रेपलाञ्चोक । यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा सङ्क्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ ।

यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ मा सङ्क्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सङ्क्रमण देखिएको छ । यसमध्ये १९५ सङ्क्रमितको मृत्यु भएको छ ।