८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

प्रेस युनियनको नवौँ महाधिवेशनमा तीन राससकर्मी निर्विरोध

प्रेस युनियनको नवौँ महाधिवेशनमा तीन राससकर्मी निर्विरोध
अ+ अ-

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । यसै क्रममा तीन राससकर्मीसहित ३१ जना निर्विरोध निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य पदमा निर्विरोध हुनेहरुमा रासस दाङकी कार्यालय प्रमुख नरायणी रजौरे, केन्द्रीय कार्यालयका छविलाल कुमाल र पाल्पाकी सुशीला रेग्मी रहनुभएको छ । त्यसैगरी अन्य निर्विरोध हुनेहरुमा समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, सचिवमा सहदेव चौधरी, केन्द्रीय सदस्यमा अशोक तिवारी र छायाचन्द्र भण्डारी हुनुहुन्छ ।

यसैगरी फुलमाया सुनार (फुलु), निमा वाङगेल लामा, अन्जना चौधरी, लक्ष्मीमान चौधरी, कमलाकुमारी चौधरी, जेविका कार्की, तेजना पण्डित, बालिका शिवाकोटी, रमा लुइँटेल, सुशिला सङ्ग्रौला, माया अधिकारी, सुवासकुमार सुनुवार, रीताकुमारी मगर, कौरव खत्री, अप्सरा पुडासैनी, निलीमा पौडेल, आत्मा गुरागाइँ, कृष्णकुमारी ढकाल, पूजा शर्मा, सृजनाकुमारी गौतम, जमुना न्यूरे, निर्मला भट्ट र नारद कोहार निर्विरोध चयन भइसक्नुभएको छ ।

प्रेस युनियनको केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिसमेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरिएकामा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष १२, महासचिव एक, उपमहासचिव छ, सचिव १७, कोषाध्यक्ष एक र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कूल ११५ जना रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय लेखा समिति संयोजक एक र सदस्य चारजना समेत गरी पाँच सदस्य रहने व्यवस्था छ ।

कूल १२० पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको थियो । मनोनयन दर्ता नभएको अल्पसङ्ख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद छन् । अल्पसङ्ख्यक महिला केन्द्रीय सदस्यतर्फ एक जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन ।

उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा दुई जनाको कोटामा एक जनाको मात्रै मनोनयन दर्ता भएको थियो । बाँकी ८७ पदका लागि भने मतदान प्रक्रिया अगाडि बढेको छ ।