• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो ★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

गत एकवर्षमा जनावरको आक्रमणबाट २२ को मृत्यु



फाईल फोटो

नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट २४ जना गम्भीर घाइते भएका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । त्यस्तै जनावरको आक्रमणबाट २९ जना सामान्य घाइते भएका उहाँले बताउनुभयो । उहाँका अनुसार जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जले प्रतिपरिवार रु १० लाखका दरले २२ जनाको परिवारलाई रु दुई करोड २० लाख राहत उपलब्ध गराएको छ ।

गम्भीर घाइतेको उपचारका लागि निकुञ्जले रु २९ लाख ११ हजार ७७३ तथा सामान्य घाइतेको उपचारका लागि रु पाँच लाख ३७ हजार ९५४ उपलब्ध गराएको सहायक सूचना अधिकारी तिवारीको भनाइ छ । गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएका, घाइते भएका तथा स्थानीयको अन्नबाली र पशुधनको क्षतिबापत निकुञ्जले रु तीन करोड चार लाख ७३ हजार ३८७ राहत उपलब्ध गराएको तिवारीले जानकारी दिनुभयो । निकुञ्जका पाँचवटै जिल्लामा गरेर जनावरको कारणबाट जम्मा ७२४ वटा घटना भएका र ती घटनामा रु तीन करोडभन्दा बढी राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

“जनावरको कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा हुने घटनाको क्षतिपूर्ति त हामी प्रदान गर्न सक्दैनौँ”,उहाँले भन्नुभयो, “यद्यपि पीडितको घाउमा मल्हम लगाउन भए पनि निकुञ्ज ऐनअनुसार केही राहतको व्यवस्था हुने गरेको छ ।” वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति व्यक्ति रु १० लाख तथा घाइतेको उपचार खर्च निकुञ्जले उपलब्ध गराउँदै आएको तिवारीले बताउनुभयो । त्यस्तै, जङ्गली जनावरले नष्ट गरेको अन्नबाली तथा पशुधनको समेत निकुञ्जले मूल्याङ्कन गरेर राहत उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।

गत वर्ष जङ्गली जनावरको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा १४८ वटा पशुधनमा क्षति पुगेको भन्दै तिवारीले सो क्षतिबापत निकुञ्जले रु १७ लाख ८२ हजार राहत उपलब्ध गराएको बताउनुभयो । त्यस्तै, गत वर्ष छ जनाको अन्न भण्डार गरेको स्थानमा जनावरले क्षति पु¥याएको थियो । घरगोठको क्षतिबापत रु एक लाख ४७ हजार ३०० तथा ४७६ जनाको अन्नबाली क्षतिबापत रु ३० लाख ३९ हजार ९०० क्षतिपूर्ति रकम निकुञ्जले उपलब्ध गराएको छ ।

निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।