३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण



अ+ अ-

वासिङटनः अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति बाइडेनलाई कोभिडको सामान्य लक्षण देखिएको र उहाँ स्वस्थ रहनु भएको जनाएको छ । यसअघि नै राष्ट्रपति बाइडेनले खोपको पूरा मात्रा लगाइसक्नु भएको छ । हाल उहाँलाई पाक्सलोभिड नामको औषधि दिइएको पनि राष्ट्रपति कार्यालयले जनाएको छ ।

बाइडेनलाई राष्ट्रपति कार्यालयमै आइसोलेसनमा राखिएको र परीक्षणमा नेगेटिभ आएपछि मात्र व्यक्तिगत भेटघाटमा रहनु हुनेछ । तर उहाँले राष्ट्रपति कार्यालयबाटै यसअघि तय भएका भेटघाटलाई जुम मार्फत संवाद गर्नु हुनेछ ।

यसअघि राष्ट्रपति बाइडेनको मंगलबार कोरोना परीक्षण गरिएको थियो, र त्यस परीक्षणमा उहाँमा कोरोनाको संक्रमण देखिएको थिएन । तर बिहीबार गरिएको परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको थियो ।

भारतीय प्रधानमन्त्री समेत विश्वका नेताहरुले राष्ट्रपति बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । (एएनआई)