८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

मापदण्डअनुसारको ढक-तराजु प्रयोग नगर्नेलाई कारबाही

मापदण्डअनुसारको ढक-तराजु प्रयोग नगर्नेलाई कारबाही
अ+ अ-

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८/७९ मा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने एक हजार १३९ व्यापारीमाथि कारबाही गरेको छ ।

विभिन्न समयमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिनुभयो ।

यस्तै उक्त अवधिमा विभिन्न शीर्षकमा रु ३५ लाख ९० हजार ९९५ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । बजार अनुगमनसँगै जिल्लामा डोर खटाएपछि गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा करिब ४७ दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख झाले बताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ मा ६१६ व्यापारीको नापतौल तथा नाप्ने तोल्ने यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गरिएको, एक हजार ५७८ व्यापारीको नापतौल तथा नाप्ने यन्त्रको जाँच गरिएको, ५८६ पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको कार्यालय प्रमुख झाले जानकारी दिनुभयो ।

त्यस्तै सो अवधिमा नापतौलसम्बन्धी उपभोक्ताको हकहित संरक्षणका लागि ११ पटकमा ५८ व्यापारिक फर्ममा एकल, आठ पटकमा ४६ व्यापारिक फर्ममा संयुक्त अनुगमन गरिएको प्रमुख झाको भनाइ छ । यसअवधिमा नौ पटक गरी विभिन्न १७ स्थानमा डोर (अनुगमन) खटाइएको समेत प्रमुख झाले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सो कार्यालयले विभिन्न शीर्षकबाट रु २४ लाख ३८ हजार ९९५ राजस्व सङ्कलन गरेको थियो । दरबन्दीभन्दा कम जनशक्तिका बाबजुद पनि सो कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र बागमति प्रदेशका सिन्धुली तथा रामेछापमा व्यापारीले गैरकानुनी रुपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको कार्यालय प्रमुख झाले बताउनुभयो ।

कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्न पूर्व खरिद गरेको ३५ दिनभित्र नजिकैको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । नापतौल दस्तुर तथा जरिवाना दस्तुर कम भएको र कानुनी कारबाही प्रक्रियासमेत झन्झटिलो भएकाले व्यापारीलाई कालोबजारी गर्न सजिलो भएको सो कार्यालयले जनाएको छ ।