• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पु-याउने काम भइरहेको छः विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उहाँले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको हो ।

उहाँले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको दाबी गर्नुभयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गर्नुभयो । महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताउनु भयो । उहाँले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाउनु भयो । महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाउनु भयो ।

उहाँले अहिलेको सरकार तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको स्वाधिनता र सार्वभौमिकता निकै खतरामा छ अहिले । इतिहासको कुनैपनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधिनता जोखिममा छ । १८१६ को सुगौली सन्धी भन्दापनि १९५० को दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु हाम्रो आकाशमाथि आइलागेका छन् । हाम्रो देशमाथि आइलागेका छन् । देशको भविष्यको बारेमा सबै युवाहरुमा चिन्ता छाएको छ । यो एउटा संकट खडा भएको छ । देशको रक्षा हुन्छ कि हुँदैन ? देशको सावैभौमिकता बच्छ कि बच्दैन ? देशको स्वाधिनता बच्छ कि बच्दैन ? नेपालको सर्वाधिक वहस चिन्ता यसमा छ । नेपालको जनजीवन चरम संकटबाट गुज्रिरहेको छ ।

नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको छ । संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेका छन् । नेपालको राजनीतिक प्रणाली स्थिर बन्न सकेको छैन । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरु फेरिएका छन् । एक प्रकारले कस्तो हुँदैछ भने मन्त्री बन्ने आजकाल एउटा रोलक्रम जस्तो भएको छ । जंगबहादुर राणाको पालोको भन्दापनि भद्दा रोलक्रम शुरु भएको छ । बाँडफाँड गर्ने, को मान्छे कति महिना मन्त्री हुने हो, पार्टीमा छलफल गर्ने, पालोपालो मन्त्री हुने कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने, जनतालाई दुःख दिने र फर्किने, फेरि अर्को फटाह त्यहाँ पुग्ने । फटाहहरुको रोलक्रम चलिरहेको छ ।

राणा शासनले जसरी आफ्ना भारदारहरु सभा गरेर रोलक्रममा बाँड्थे आज नेपालका संसदवादी पार्टीहरु विदेशी साम्राज्यवादीका एजेण्टहरु रोलक्रम लगाउँदैछन् । ६/६ महिनामा मन्त्री फेर्ने, तीन/तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने । यो एउटा जटिल परिस्थिति नेपालमा राजनीतिक रुपले हेर्दा देखिन्छ । यत्तिको भद्दा मजाक नेपालको राजनीतिमा कम नै पाइन्छ ।

धेरै मन्त्रीहरु फेरिसकेका छन्, कोही दौरा, सुरुवाल सिलाउने र कोही थन्क्याउनेतिर लागिरहेका छन् । जनताको समस्या त्यही छ, दिनदहाडै बलात्कार छ, तर राज्यमा बसेका मान्छेहरु आफ्नो गुटको स्वार्थका लागि, दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेका छन् । यो मुठीभर लुटेराहरुको व्यवस्था हो । हामीले हजारौँ शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था होइन । यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था हो । मुठीभरका मानिसले मोजमस्ती गर्ने व्यवस्था हो ।’

महासचिव चन्दले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पार्नुभयो । उहाँले यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताउनु भयो । महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गर्नुभयो ।