८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण

वाइसिएलद्वारा अर्थतन्त्र सुधार्ने प्रयास गर्न माग

वाइसिएलद्वारा अर्थतन्त्र सुधार्ने प्रयास गर्न माग
अ+ अ-

काठमाडौं । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका प्रयास पर्याप्त नभएको भन्दै अर्थतन्त्रका सूचकलाई सकारात्मक र सन्तुलित राख्न राज्यका तर्फबाट आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

वाइसिएल नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण, अनावश्यक खर्च कटौती र आर्थिक मितव्ययितालगायत उपाय अवलम्बन गरी मुलुकले झेल्नुपरेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

राज्यका उच्च निकायमा कार्यरत अधिकारी नै ‘नेपाल श्रीलङ्का बन्न सक्छ’ भन्ने अभिव्यक्ति दिँदै निराशाको सञ्चार गर्ने र परिस्थिति भड्काउने षडयन्त्रमा लागेको भन्दै वाइसिएलले त्यस्ता निराशावादी अभिव्यक्ति दिने जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेको छ । वाइसिएलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रतिपक्षी दलको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्ने विषय सार्वजनिक भइसकेकाले गभर्नरलाई यथाशीघ्र पदमुक्त गरी छानविनको दायरामा ल्याउन माग गरेको छ ।

अर्थतन्त्रले जटिल परिस्थितिको सामना गरिरहेको परिस्थितिमा नेपाल प्रहरीका लागि थप हतियार खरिदका निम्ति बजेटको व्यवस्था गरिनु राष्ट्रिय आवश्यकता र नागरिक चाहना हुन नसक्ने ठहर गर्दै वाइसिएलले हतियार खरिदका लागि निकासा गरिएको बजेट खारेज गर्न माग गरेको छ ।

आर्थिक क्षेत्रमा पारदर्शीता र मितव्ययिता कायम गर्दै अनुत्पादक क्षेत्रको बजेट कटौती गर्नुपर्ने अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र राजनीतिक नेताका परिवार तथा आफ्न्तका नाममा स्थापना भएका संस्थाका लागि ठूलो रकम विनियोजन गरिएकामा आफूहरुको ध्यानाकृष्ट भएको जनाउँदै वाइसिएलका अध्यक्ष सुमन देवकोटाले ज्ञापनपत्रमार्फत बजेटका त्यस्ता प्रावधान खारेज गरी लोकतन्त्रप्रति जनविश्वास बढाउन सङ्घ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

वर्षायाममा आउने बाढी पहिरो, हिउँदको समयमा हुने आगजनीलगायत प्राकृतिक प्रकोपका कारण सयौँ नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था देखिएको जनाउँदै वाइसिएलले नागरिकको सुरक्षा, राष्ट्रिय एवं नागरिकको सम्पत्तिको संरक्षण र युवाहरुको सीप एवं क्षमताको अभिवृद्धिका लागि १८ देखि ४० वर्षभित्रका सबै युवालाई विपद् व्यवस्थापन तालिम दिन माग गरेको छ ।

“कृषि प्रधान मुलुकमा खेतीपातीका समयमा किसानले मल र बिउ पाउन सकेका छैनन्, जसका कारण कुल गार्हस्थय उत्पादनमा कृषि क्षेत्रको योगदान संकुचित हुने खतरा बढिरहेको छ, नयाँ शैक्षिक सत्र प्रारम्भ भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन”, ज्ञापनपत्रमा भनिएको छ, “किसानका निम्ति यथाशीघ्र मलबीउ, किटनाशक औषधि र विद्यार्थीका निम्ति पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्दछ ।” रासस