२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

३९ वर्षदेखि अचेत फ्रान्सेली फुटबल खेलाडीको मृत्यु



अ+ अ-

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जीन पिएर आडम्सको ७३ वर्षको उमेरमा मृत्यु भएको छ। उनको ३९ वर्ष लामो कोमापछि मृत्यु भएको हो । 

शिक्षणका क्रममा घाइते भएका आडम्सको शल्यक्रियाको दिन अस्पतालका धेरै कर्मचारीहरू हडतालमा थिए।

उनको शल्यक्रिया त भयो तर एनस्थीजीया दिन खटिएका एक चिकित्सकले आठजना बिरामी हेर्नुपर्ने अवस्था आइपरेको थियो।

ती चिकित्सकले एक प्रशिक्षार्थी चिकित्सकको सहायता लिए। ती प्रशिक्षार्थी चिकित्सकले पछि 'आफूलाई दिइएको जिम्मेवारी वहन गर्न नसक्ने अवस्थामा भएको' बताएका थिए।

एनस्थीजीया दिने चिकित्सक र प्रशिक्षार्थी चिकित्सकका केही गल्तीका कारण आडम्सलाई हृदयाघात भयो र उनको मस्तिष्कमा पनि असर गर्‍यो।

सन् १९८२ को मार्चमा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका आडम्स अचेत बनाउन प्रयोग गरिने औषधिको मात्रा नमिलेकाले त्यसपछि कहिल्यै चेतनामा आएनन्।

सेनगलमा जन्मिएका उनले नीस र पीएसजी क्लबका लागि रक्षकका भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए। दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरेका छन्।

आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए।उनले नीम क्लबका लागि ८४ वटा खेल खेलेका थिए। उक्त क्लबले पनि वक्तव्यमा प्रकाशित गरेर शोक प्रकट गरेको छ।

सन् १९९० को दशकको मध्यतिर दुवै चिकित्सकलाई सो गल्तीका लागि एक महिनाको निलम्बन र ७५० यूरो जरिवानाको सजाय दिइएको थियो।