२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताः ११ खेलाडी छनोट



अ+ अ-

काठमाडौं । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।

दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।

अब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, अब्सुलुटका सुभन गुरुङ, मूलपानीका भिजन तामा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, मूलपानीका मधुसुदन सापकोटा, नेपालगन्जका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भएका छन् ।

पलेशा र लामा सम्मानित
नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ ।

पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए । पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरियामा ५ औं स्थानमा उक्लिएकी   छन् ।