९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुली प्रशासनद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा



अ+ अ-

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो

कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२ घण्टा सेवा दिन सुरु गरेको हो । यही असार २७ गते बिहान ७ बजेबाट कार्यालयको सेवा प्रवाह समय दैनिक तीन सिफ्टमा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै गुनासो राहदानीको रहेको छ । प्रशासनले कर्मचारी अभावमा राहदानीको सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो आएको थियो । यही गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा प्रशासनले आफ्नो सेवा समय बढाएको हो ।

कार्यालयले विगतमा एक हप्तामा ८० जनाको राहदानी फारम लिने गरिएकामा अब दैनिक ४० जनाको दरले हप्ताको २४० जनाको फारम लिने प्रशासनले जनाएको छ । कर्मचारी अभाव हटेकाले बिहान ७ देखि साँझ ७ बजेसम्म १२ घण्टा दैनिक सेवा विस्तार सुरु भएकाले सेवाग्राहीको गुनासो सम्बोधन भएको जनाउँदै अब सेवाग्राहीले तत्कालै सेवा पाउने प्रजिअ न्यौपानेले बताउनुभयो ।

कार्यालयले राजस्व जम्मा गर्ने बैंक काउन्टर, राहदानीको ‘इन्रोल्मेन्ट’, राष्ट्रिय परिचयपत्रको सहायता कक्ष साथै सुरक्षित वैदेशिक रोजगार परामर्श केन्द्र बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । बिहान ७–१० बजेसम्म, बिहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ७ बजेसम्म कर्मचारी व्यवस्थापन प्रशासनले गरेको छ । प्रशासनको सेवा प्रवाहमा आवश्यक कर्मचारीका लागि कमलामाई नगरपालिकाले सहजीकरण गरिदिएको थियो ।