२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते टोली स्विट्जरल्यान्ड जाने



अ+ अ-

काठमाडौं । एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दै छन् ।
सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।अफिसियलमा प्रज्ज्वलप्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने हुन्छ ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली कतार एयरवेजबाट राती ८ बजे उड्ने कार्यक्रम रहेको छ ।

हरेराम जोशी स्मृति टेटे हुने
हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । 

६ स्पर्धामा भिडन्त हुने छ । पुरुष/महिला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान खुला स्पर्धामा खेल हुने छ । एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र हुने छन् ।
 




भर्खरै