२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण चेम्जोङ प्रिमियरको एम्बासडर



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हातिबनको प्रिमियर इन्टरनेशनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।

राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरण बची सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा सामेल हुने छन् भने फुर्सदिलो समयमा स्कुलमा आबद्ध भएका विद्यार्थीलाई फुटबलको प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्कुलका पदाधिकारीले किरणसँग जोडिनु संस्थामा आबद्ध भएका विद्यार्थीका लागि फाइदा भएको बताए । सम्झौतापछि बोल्दै कप्तान किरणले प्रिमियरले शिक्षासँगै राम्रो फुटबल खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।