२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत भोली नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षक नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया जनाए ।

दुई मैत्रिपूर्ण खेलका लागि बंगाली टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो । मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्ष ग्यारी फिलिप्सले बताए ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ । नेपाल सम्मिलिग समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने  दोस्रो खेल हंङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुने छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ ।  एसियन कप जनवरी २० देखी फेब्रुअरी ६ सम्म हुनेछ ।