२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेश भर्सेस् नेपालः नेपालको सुरुवाती-११ सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ को घोषणा गरेको छ । नेपालका राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स रहेका छन् भने रेनुका नगरकोटीको कप्तानीमा आजको खेल हुँदैछ । 

नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुँदैछ।  उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भने आइतबार हुनेछ।

नेपालको सुरुवाती- ११ मा गोलकिपरमा एन्जिला सुब्बा, डिफेन्डरमा गीता राना, हिरा भुजेल,पुजा राना, र अमृता जैशी छन् भने मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बु, र मन्जली थोकर रहेका छन् । त्यसैगरी फरवार्डबाट प्रिती राई, सबिता राना, र विमला चौधरीले खेल्दैछन् ।