काठमाडौं । नेपाल र बंगलादेशका राष्ट्रिय महिला टोलीबीचको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले जित हाँसिल गरेको छ ।
बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गरेका हुन् । बंगलादेशका लागि तोहुरा खातुनले खेलको ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् ।
उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल भने आइतबार हुनेछ।