२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुम पावरको आईपीओ आज बाँडफाँट



अ+ अ-

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँट भएको छ । माग भन्दा अत्याधिक धेरै आवेदक परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो । 

कम्पनीको आईपीओ ७४ हजार चारसय जनाले मात्रै १० कित्ताको दरले पाएका छन् । बाँकी आवेदकको भने हात खाली भयो । आईपीओका लागि आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध भएको थियो । सदर भएको २३ लाख ४६ हजार ६ सय २७ जनाबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको थियो ।  

आईपीओको प्रि–अलोटमेन्ट गत मंगलबार भएको थियो ।  कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । कुल निष्काशन मध्ये दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपियाँ रहेको छ । स्थानियलाई चार करोड रुपियाँ र सर्वसाधारणलाई आठ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपियाँ पुग्नेछ ।