२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुमिका देवानको  “अझ वर वर आउ”



अ+ अ-

काठमाडौं । गायक यम बरालको र गायीका प्रविशा अधिकारीको स्वर रहेको ‘अझ वर वर आउ’ बोलको गीत सार्वजनिक भएको छ। भूमिका देवान राईले निर्माण गर्नुभएको गितको म्युजिक भिडियो समृत तयार भएको हो । 

गायक बरालले नै संगीत दिनु भएको गितलाई गीतकार उज्वलराज भट्टराईले लेख्नु भएको हो ।  गीतलाई बलराम समालले संगीत संयोजन गर्नुभएको छ भने विक्रम कार्कीले मिक्सिङ तथा मास्टरिङ  गर्नुभएको छ । गितको म्युजिक भिडियोमा  नायीका बेनिशा हमाल र मोडल जोडर्न राजभण्डारीले अभिनय  गर्नुभएको छ ।  सोनम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोलाई सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने  बुद्ध थापाको  समुहले छायांकन गरेको हो। 

उपत्यकाको चर्चित पर्यटकियस्थल नगरकोटमा छायाकन गरिएको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् । हिन्दु नारीहरुको प्रमुख पर्ब तीजको अबसर पारेर सार्बजनिक गरिएको गीत तथा म्युजिक भिडियोले दर्शकको मन जित्ने आशा गर्दे निर्मात्री देवानले भन्नुभयो राम्रो गित बनोस भनेर मन खोलेर खर्च गरेका छौ ,सायद हामीले गरेको मेहनत दर्शक तथा श्रोताले मन पराउनु हुन्छ ।