२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाएर बालिकाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदीखोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पु¥याइएको थियो ।