२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एघार हजार ५०० सय भन्दा बढीमा कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ ।

हाल भारतमा ९२ हजार ५७६ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो ।

पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ७२ हजार ३९८ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

२४ घण्टासम्म कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९९९ भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८० लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।