१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन-४ को विजेता



अ+ अ-

काठमाडौं । एपीवान टेलिभिजनमा प्रसारित नेपाल आइडल सिजन -४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन -४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । 

उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुलाई गिटार र १० लाख बराबरको बीमा प्रदान गरिएको छ ।

यस सिजनमा निर्णायकको रुपमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान रहेका थिए ।