७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले गर्यो हेटौँडा कार्यपालिकाको बैठक बहिष्कार



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा नेकपा (एमाले) का जनप्रतिनिधिहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । मंगलबारको बैठकमा आफ्नो माग पूरा नहुने भएपछि कार्यपालिका बैठक बहिष्कार गरेका हुन् । एमाले जनप्रतिनिधिले बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राखेका थिए ।

बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधि, २०७४ को १५९२० र १५९३० मा रहेको व्यवस्थालाई संशोधन गर्न प्रस्ताव गरेको थियो । हेटौँडा उपमहानगरपालिकामा एमालेको बहुमत छ ।

सो मागका विषयमा उपमहानगर प्रमुख र उपप्रमुख लचिलो नभएको एमालेले जनाएको छ । आफ्नो प्रस्ताव संशोधन नहुने भएपपिछ बाध्य भएर एमाले जनप्रतिनिधिले बैठक बहिष्कार गरेका हुन् ।

यही असार १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि कार्यपालिका बैठक बसेको थियो । बैठकमा नियमसम्मत र मर्यादापूर्वक आफ्ना मागहरु राखेको तर प्रमुख र उपप्रमुखले दम्भ देखाएको एमालेका जनप्रतिनिधिको आरोप छ ।

हेटौँडा उपमहानगरपालिकामा एमालेबाछ १८, नेपाली कांग्रेसबाट ९ र नेकपा (एकीकृत समाजवादी) बाट दुई जना सदस्य छन् । नगरसभामा समेत ५१ सदस्यसहित एमालेको बहुमत छ ।