८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय जनप्रतिनिधिका लागि एमालेको ‘काठमाडौँ संकल्प’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको भेलाबाट शुक्रबार ‘काठमाडौँ संकल्प’ जारी गरेको छ ।

पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट निर्देशित हुँदै निर्वाचनमा जारी घोषणापत्रमा र प्रतिबद्धतालाई आधार मानेर निर्वाचनमा अभिव्यक्त जनअभिमत तथा मतदाताहरुले गरेको आशा, अपेक्षा र भरोसालाई केन्द्रविन्दुमा राखेर २० बुँदे संकल्प तयार गरिएको छ ।

संकल्पमा शासक नभई जनताको सेवक हुने, पार्टीको नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमूना बन्ने, सदाचारमा नमूना बन्ने, भ्रष्टाचार नगर्ने र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्ने जस्ता संकल्प गरिएको छ ।