१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय जनप्रतिनिधिका लागि एमालेको ‘काठमाडौँ संकल्प’



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको भेलाबाट शुक्रबार ‘काठमाडौँ संकल्प’ जारी गरेको छ ।

पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट निर्देशित हुँदै निर्वाचनमा जारी घोषणापत्रमा र प्रतिबद्धतालाई आधार मानेर निर्वाचनमा अभिव्यक्त जनअभिमत तथा मतदाताहरुले गरेको आशा, अपेक्षा र भरोसालाई केन्द्रविन्दुमा राखेर २० बुँदे संकल्प तयार गरिएको छ ।

संकल्पमा शासक नभई जनताको सेवक हुने, पार्टीको नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमूना बन्ने, सदाचारमा नमूना बन्ने, भ्रष्टाचार नगर्ने र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्ने जस्ता संकल्प गरिएको छ ।