३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी: इजरायली प्रधानमन्त्री



अ+ अ-

जेरुसेलम। इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका थिए । 

उनीहरुबीच इजिप्टको सिनाइमा सो भेटवार्ता भएको थियो । उक्त वार्ता निकै नै उपलब्धीमूलक रहेको र यसबाट दुवै देशका बीचमा असल सम्बन्धको स्थापनाका लागि काम भएको प्रधानमन्त्री बेनेटले जानकारी दिए। 

प्रधानमन्त्री बेनेटले आफूले इजरायलको प्रधानमन्त्रीका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेर इजरायल र इजिप्टका बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने काम गरेको बताएको इजरायली सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

इजिप्टको भ्रमण सकेर इजरायल फर्किएका प्रधानमन्त्री बेनेटको कार्यालयद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा सो कुरा जनाइएको छ ।