२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौतामा सरकारले हस्ताक्षर गर्न लागेको भन्दै एमालेको आपत्ति



अ+ अ-

काठमाडौँ । नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेले अमेरिकाले प्रस्ताव गरेको सो सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको आरोप लगायो ।

बैठकको विशेष समयमा बोल्दै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने र त्यसलाई एमालेले हुन नदिने बताए ।

नेता ज्ञवालीले छिमेकी र शक्ति राष्ट्रहरुको भिन्न भिन्न स्वार्थ र रणनीति हुने बताए । त्यस्तो स्वार्थ र रणनीतिमा नेपाल साझेदार बन्न नहुने उनको भनाइ थियो ।

सगरमाथा आरोहणका क्रममा एक रुसी आरोहीले सगरमाथाको चुचुरोबाट अर्को मुलुकविरुद्ध झण्डा उचालेको भन्दै उनले सरकारको आलोचना गरे ।

नेपाल र नेपालीको गौरव, पहिचान र शान भएको सगरमाथाको चुचुरोबाट एउटा देशका विरुद्ध झण्डा उचाल्ने कामले सगरमाथालाई पनि रणनीतिक मैदानको थलो बनाउन खोजेको उनको प्रतिक्रिया थियो ।