२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौताबारे आज संसदमा मन्त्रीहरुले स्पष्ट गर्नै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने भएपछि त्यसको विरोधमा सत्तारुढ दल तथा विपक्षी दलहरु लागेका छन् । यो समाचारका कारण सत्ता गठबन्धनमा नै संकट आउने देखिएको छ । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकका लागि सो सम्झौता नगर्ने पक्षमा पुगेको पनि समाचार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो अमेरिका भ्रमणमा एसपीपी सम्झौता गर्ने समाचार आएपछि व्यापक विरोध भएको हो । अहिले पनि सो विरोध भइरहेको छ । त्यो पनि सत्तारुढ दलभित्रै धेरै विरोध भएपछि प्रधानमन्त्रीले सरकारमाथि नै दखल पर्न जाने आँकलन गरेर यस विषयमा पुनर्विचार गर्न लागेको बुझिएको छ ।

यसैबीच आजै यसबारे उठेका आशंका र प्रश्नहरूमा प्रधानमन्त्रीका तर्फबाट संसद्मा मन्त्रीहरूले जवाफ पनि दिने भएका बताइएको छ । यस सम्झौतका विषयमा देशमा धेरै नै हल्ला मच्चिएपछि यससम्बन्धी सत्य तथ्य बाहिर ल्याउन सरकार लागेको र आज संसदमा बोल्ने क्रममा मन्त्रीहरुले यसको बचाउमा बोल्न भनिएको बुझिएको छ ।

उता प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले पनि एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । मन्त्री खड्काको यो जवाफपछि पनि उक्त सम्झौताको झन् विरोध भएको छ ।