२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कमाण्डर फ्लिन भन्छन्: नेपाल भ्रमण सानदार रह्‍यो



usarmy
अ+ अ-

काठमाडौं । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डर जनरल चार्ल्स ए फ्लिनले यस हप्ताको उत्कृष्ट नेपाल भ्रमणका लागि नेपाली सेनालाई धन्यवाद दिएका छन् । उनले मंगलबार ट्विट गर्दै नेपाल भ्रमणका लागि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माप्रति कृतज्ञता प्रकट गरेका छन् ।

नेपाल भ्रमणबाट फर्केर उनले दुवै मुलुकबीचको दशकौँ लामो रक्षा साझेदारीको सम्मान गर्ने बताउँदै सहयोगका लागि भविष्यका अवसरहरुका लागि प्रतीक्षारत भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “म नेपाली सेनाका प्रधानसेनापति जनरल शर्मालाई यस हप्ताको उत्कृष्ट नेपाल भ्रमणका लागि धन्यवाद दिन चाहन्छु। हामी हाम्रो दशकौँ लामो रक्षा साझेदारीको सम्मान गर्छौं र सहयोगका लागि भविष्यका अवसरहरूका लागि प्रतीक्षारत छौँ ।”

अमेरिकी सेनाका वरिष्ठ अधिकारी फ्लिन यही जेठ २६ गतेदेखि जेठ २९ गतेसम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासँग भेट गरेका थिए ।

भेटका अवसरमा उनले नेपाली सेनासँगको सहकार्य अझ सुदृढ गर्न चाहेको बताएका थिए। प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मासँगको भेटमा उनले अमेरिकी सेनाले अघि बढाएको रणनीतिक महत्वको स्टेट पार्टनरसीप कार्यक्रम ९एसपीपी० मा हस्ताक्षरका लागि पुनः आग्रह गरेका थिए।

अमेरिकी सेनाले सन् २०१५ सेप्टेम्बरमा पहिलोपटक उक्त कार्यक्रममा नेपाली सेनालाई सामेल गराउन एक समझदारीपत्रमा हस्ताक्षरका लागि प्रस्ताव गरेको थियो।

सो प्रस्तावप्रति भेटका अवसरमा प्रधानमन्त्री देउवाले आफू सकारात्मक रहेको बताए पनि प्रधानसेनापति शर्माले एसपीपीप्रति आफ्नो रिजर्भेसन रहेको बताएका थिए ।