२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सिल्ली फो’ असार ३१ गतेबाट हलमा लाग्दै



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’ असार ३१ गतेबाट सार्वजनिक हुँदैछ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो । कमेडी विधामा निर्मित फिल्ममा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकार छन् । राजबहादुर साने निर्देशित फिल्ममा ४ जना बदमास पात्रको कथा समेटिएको छ ।

फिल्ममा आफ्नो भुमिका स्ट्रगल कलाकारको रुपमा रहेको नायिका अधिकारीले बताइन् । आफूले गरेकै अनुभवलाई फिल्ममा अभिनय गर्न सहज भएको बताइन् । त्यस्तै कार्यक्रममा कलाकार रविन्द्र झाले फिल्म खेल्दा नै रमाइलो लागेको प्रतिक्रिया दिनुभयो । उहाँले कथामा ४ सिल्ली को रहेछन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार राजाराम पौडेलले फिल्मको अभिनय गर्दा रमाइलो अनुभव भएको बताउनु भयो ।

फिल्म नेपालगञ्ज आसपासका स्थानमा छायांकन गरिएको हो । फिल्ममा केकीका बाहेक धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ । यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईंले अभिनयमा डेब्यु गर्दैछन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् भने विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेका छन् ।

फिल्ममा रवी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायाङ्कन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।