२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइनसोर मासिनेगरी महाप्रलय आउँदा सर्पहरू कसरी जोगिएर पृथ्वीमा फैलिन सफल भए ?



अ+ अ-

काठमाडौं । डाइनसोर नै लोप हुनेगरी एउटा क्षुद्रग्रह बजारिएका कारण पृथ्वीमा सर्प फैलिन सफल भएको एउटा नयाँ अध्ययनले देखाएको छ।

क्षुद्रग्रहका कारण पृथ्वीमा ठूलो विनाश भएको अनि अधिकांश पशु र वनस्पतिहरू मासिएको ठानिन्छ। तर जोगिन सफल केही प्रजातिका सर्पहरू भुइँमुनि लुकेर अनि लामो समय निराहार बसेर महाप्रलयपछिको समयमा फस्टाएको विश्वास गरिएको छ।

ती सहनशील सरीसृप ३,००० भन्दा बढी प्रजाति बनेर पृथ्वीभरि फैलिए। आजभन्दा ६.६ करोड वर्षअघि एउटा क्षुद्रग्रह पृथ्वीमा खस्दा डाइनसोरहरू लोप भएका विश्वास गरिन्छ।

त्यतिबेला भूकम्प, सुनामी र डढेलोको प्रकोप उत्पन्न भएको अनि खरानीयुक्त बादलले सूर्य छेकेको हुँदा दशकौँसम्म पृथ्वीमा अन्धकार छाएको मानिन्छ।

वैज्ञानिकहरूले त्यो महाप्रलयका कारण पृथ्वीमा ७६ प्रतिशत वनस्पति र जीव मासिएको अनुमान गरेका छन्। तर केही स्तनपायी जीव, चरा, भ्यागुता र माछाजस्तै सर्पहरू जोगिएका थिए।

आहारा अभाव हुँदा एक वर्षसम्म निराहार बस्न सक्ने अनि महाविनाशपछि अन्धकारमा सिकार गर्न सक्ने तिनको क्षमता सर्पको अस्तित्वका लागि सहायकसिद्ध भएको हुनसक्छ।

जोगिएका थोरै प्रजातिका सर्पहरू भुइँमुनि वा जङ्गलको सतहमा अनि पानीमा बस्ने खालका थिए। ती पहिलो पटक एशियामा पनि पुगे र फैलिए। तिनले नयाँ वासस्थान र नयाँ सिकार फेला पारे। अनि १० मिटर लामो समुद्री सर्पसहित नयाँ प्रकारका सर्प पनि देखा परे। 

सर्पलाई सफल जीव मानिन्छ। एन्टार्क्टिकाबाहेक सबै महादेशमा सर्प पाइन्छ। समुद्रदेखि मरुभूमिसम्म सर्प पाइन्छ। रूखदेखि जमिनमुनिसम्म ती बस्छन्। सानामा केही सेन्टिमिटर र ठूलामा छ मिटरभन्दा लामा सर्प पनि हुन्छन्।

पारिस्थितिक प्रणालीका लागि सर्पलाई एकदमै महत्त्पूर्ण मानिन्छ। तिनले साना जीवजन्तु नियन्त्रण गर्न सघाउँछन्। तर मानिससँगको द्वन्द्वका कारण धेरै प्रजातिका सर्पहरू लोप हुने जोखिममा छन्। (बीबीसी)




भर्खरै