२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री मिरुना भन्छिन्ः सही कार्यका लागि समय गलत हुँदैन



अभिनेत्री मिरूना मगर
अ+ अ-

काठमाडौं । ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरले गत साता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर सामाजिक संजालमार्फत प्रष्टीकरण दिएकी छिन् ।

गलत दुर्व्यवहारका विरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपील समेत गरेकी छन् । ‘कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन,’ उनले भनेकी छन् ।

मिरूनाले आफूले गरेको कार्य (कुटपिट) कुनै पनि धर्म र समाज विरुद्ध नभई व्यक्ति विरुद्ध भए तापनि यस घटनाबाट जान अन्जानबाट दुःखित हुनुहुने सबैप्रति क्षमायाचना गरेकी छिन् ।

उनले अगाडि भनेकी छिन्ः ‘तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु । यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ । चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिनमा परिवर्तन अवश्य होला ।’

गत जेठ १५ गते सिभिल मलको कफी सपमा फुर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फुर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफीसमेत मागेका थिए ।

मिरूनाको वक्तव्यः

No photo description available.