५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाप्रामै थलिए राउटे



अ+ अ-

कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उहाँलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्नुहुन्न ।  

फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ । कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । “बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो”, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भन्नुभयो, “जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो की रु डाक्टरलाई यतै ९बस्तीमै० पठाइदिनुपर्‍यो ।”

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ । यो समुदाय एक साता अघि मात्रै सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेको हो । छैयालीस घरधुरी रहेका राउटे हाल १४१ को सङ्ख्यामा छन् । 

अधिकांश राउटेका हाटखुट्टामा घाउ–खतहरु छन् । ३० वर्षीय पे्रम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिँदा घाइते हुनुभयो । उहाँको दायाँ खुट्टामा गम्भीर समस्या छ । दुर्घटनालगत्तै उहाँले स्थानीय मेडिकलमा उपचार गराउनुभयो । स्वास्थ्यकर्मीले हड्डी भाँच्चिएको बताएपछि डर लागेर उपचार नगराएको उहाँले बताउनुभयो । पे्रमलाई पनि अरुको साहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ । त्यस्तै, १२  वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते हुनुभयो । उहाँको दायाँ हातको कुइनामा चोट लागेको छ । 

राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का ९अधिकारी० ले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । “भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन,” उहाँले भन्नुभयो, “बिरामीलाई बस्तीबाट अस्पतालमा पुर्‍याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन् ।” 

सङ्घीय संरचनापछि सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । राउटेहरु जुन जिल्लामा बसाइँ सरेपनि गुराँस गाउँपालिका नै भत्ता वितरण गर्ने गर्दछ । प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले पारेको असरले राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ । 

“कन्दमूल खान छाडे, वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे”, उहाँले भन्नुभयो, “अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।” गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन गरेको जानकारी दिनुभयो । गम्भीर प्रकृतिको राउटेको उपचारमा सहयोग गर्दै आएको उहाँको भनाइ छ । “प्राथमिक उपचार बस्तीमै हुन्छ, अलि गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष वलीले भन्नुभयो । 

मृत्युदर बढ्यो 

गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ । यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ । 

प्राणीशास्त्रीसमेत रहनुभएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्वपूर्ण सवालका रुपमा रहेको बताउनुभयो । “राउटे संस्कार, संस्कृति संरक्षण गर्न नसके अस्तित्व हराउन धेरै वर्ष पर्खनुपर्दैन”, उहाँले भन्नुभयो, “राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो ।” आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ । पछिल्लो एक महिनामै उनीहरु सात स्थानमा बसाइँ सरिसकेका छन् । (रासस)




भर्खरै