८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ: पूर्वमन्त्री पुन

बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ: पूर्वमन्त्री पुन
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयकै कार्यान्वयन भएर सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो ।

नेता पुनले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह गर्दै आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने भनाइ राख्नुभयो ।