३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाकोे आकस्मिक अनुगमन



अ+ अ-

भक्तपुर । शिक्षा तथा खेलकुदमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीको आकस्मिक अनुगमन गर्नुभएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षाले समयमै पाठ्यपुस्तक छपाई नसक्दा देशभर विद्यालय तहको पाठ्यपुस्तकको अभाव भइरहेका बेला मन्त्री पौडेलले केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको हो ।

अबको एक हप्ताभित्र देशभरका सरकारी विद्यालयका विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुग्ने गरी तीव्ररुपमा काम गर्न मन्त्री पौडेलले केन्द्रका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “म मन्त्री भएर आएदेखि नै नयाँ शैक्षिकसत्र सुरु हुनेबित्तिकै प्रत्येक विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुग्नुपर्छ भनेकै थिए, त्यतिखेर जनक शिक्षाकै अनुगमन गर्दा पनि त्यहीँ भनेको थिए, तर त्यसअनुरुप काम भएन, पाठ्यपुस्तक अभावका कारण केन्द्रलाई संसदीय समितिले बोलाउने अवस्था आउनु दुःखद् हो, अबको एक हप्ताभित्र सबै पुस्तक छापेर पुर्याउनु ।”

उहाँले स्थानीय तह निर्वाचन र रूस–युक्रेन युद्धका कारण काम गर्न ढिलाइ भएको केन्द्रका पदाधिकारीको भनाइ उचित र पर्याप्त नभएको भन्दै सबै विद्यार्थीको हात–हातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताउनुभयो । मन्त्री पौडेलले केन्द्रमा भइरहेको पुस्तक छपाइको अवस्था र तीनवटा पुस्तक भण्डारकक्षको अवलोकन गर्नुभएको थियो ।

केन्द्रका पाठ्यपुस्तक खरिद शाखा प्रमुख रामबहादुर कुँवरले छपाइ र ढुवानीका काम तीव्रगतिमा भइरहेको मन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । उहाँले छिट्टै विद्यार्थीको हात–हातमा किताब पुग्ने गरी काम गर्ने प्रबिद्धता व्यक्त गर्नुभयो । पुस्तक छपाइका लागि कागजको अभाव हुन नदिन र ढुवानीको सहज व्यवस्थाका लागि मन्त्री पौडेलसमक्ष सहयोग र समन्वय गरिदिन उहाँले आग्रह गर्नुभयो ।

पुस्तक छपाइमा ढिलाइ हुनुको कारण कागजको अभाव भएको भन्दै उहाँले भन्नुभयो, “कागज आपूर्ति कम्पनी विद म्याद सिबीसी जेबीलाई समयमा कागज आपूर्ति नगरेवापत धरौटी जफत गर्न हामीले माग गरेको छौँ, तर मन्त्रालयका सचिवले एकपटकलाई भन्दै कारबाही गर्नु भएन, कागज आउनै ढिलाइ भयो ।”

कुँवरले करिब रु एक करोड ९६ लाख थान पुस्तक छपाइ गर्नुपर्नेमा ९० प्रतिशत पुस्तक छपाई भइसकेको जानकारी गराउनुभयो । केन्द्रमा मन्त्री पौडेल आकस्मिकरूपमा अनुगमन पुग्दा सार्वजनिक बिदामा घर बसेका केन्द्रका प्रबन्ध निर्देशक अनिल झा कार्यालयमा नभएपछि मन्त्रीलाई खरिद शाखाले त्यहाँको अवस्थाको बारेमा जानकारी गराएका थिए । मन्त्री अनुगमन गरेर फर्किएको केही समयपछि मात्रै पाठ्यपुस्तक छपाई गर्ने जिम्मेवारी पाएका केन्द्रमा प्रमुख झा कार्यालय पुग्नुभएको थियो ।