• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड विनियोजन



काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनादर्न शर्माले सो कुरा जानकारी दिएका हुन् ।

नदी आसपास थुप्रिएका ढुङ्गा गिटी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने उनले बताए ।

नदीले कटान गरेका जमिनको संरक्षण, बायोइन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी संकलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने उनले जनाए ।