२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ १३ हजारभन्दा कमका स्मार्टफोन, जान्नुहोस् यसको फिचरको बारेमा



अ+ अ-

काठमाडौं । केही दिन पहिले मात्र आइटेलले आफ्नो नयाँ किफायती स्मार्टफोन आइटेल भिजन २-एसलाई सार्वजनिक गरेको थियो । उक्त फोनको मूल्य अन्तर्राष्ट्रिय बजार रु. ११ हजार पर्न जान्छ । त्यसैले नेपालमा यस फोनलाई १३ हजार रुपैयाँभन्दा कममा उपलब्ध हुने स्मार्टफोनको श्र्रेणाीमा राख्न सकिन्छ । ग्रेडेसन पर्पल, ग्रेडेसन ब्लु तथा डिप ब्लुमा गरी यस फोन तीन कलर अप्सनमा बजारमा उपलब्ध छन् ।

यो स्मार्टफोनमा एक्सक्लुसिभ भीआई अफरका रुपमा एक सय दिनभित्र स्क्रिन फुटे फ्री वन-टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा पनि कम्पनीले दिएको छ । यो फोनको खास विशेषताचाहिँ यति कम मूल्यमा पाँच हजार एमएएचको ब्याट्री, डुअल क्यामेरा तथा यसको डिस्प्ले हो ।

यो फोन सिगंल भेरियन्टमा आएको छ । यसको २ जीबी, ३२ जीबी मोडल मात्र उपलब्ध छ । यो मूल्यले आइटेल टुएसलाई रेडमी नाइन-ए, रियलमी सी-टु, पोको सफ-थ्री-जस्ता फोनको प्रतिस्पर्धी बनाएको छ ।

आइटेल भिजन टू-एस स्मार्टफोनमा ६.५२ इन्चको एचडी आईपीएस वाटरड्रप डिस्प्ले उपलब्ध हुन्छ । यसको अस्पेक्ट रेसियो २०.९ छ भने स्क्रिन-टू-बडी रेसियो ९०५ छ । यो स्मार्टफोन प्रिमियम डिजाइन र अनेकन एडभान्स फिचर्सका साथ आएको छ । यो फोनमा एआई-एनेबिल्ड भिजन क्यामेरा, फेस अनलक तथा फिगंरप्रिन्ट सेन्सरजस्ता फिचरसमेत समावेश छन् । आइटेल भिजन टू-एस स्मार्टफोनले एन्ड्रोइड ११(९गो एडिसन) अपरेटिङ सिस्टममा काम गर्छ ।

पावरका लागि आइटेलको यो फोनमा पाँच हजार एमएएचको ब्याट्री उपलब्ध छ । यो फोन १३ हजार नेपाली रुपैयाँभन्दा कम मूल्यको दमदार स्मार्टफोन हो ।

आइटेल भिजन टू-एस स्मार्टफोनको रियरमा डुअल एआई क्यामेरा उपलब्ध हुन्छ । यो फोनको प्राइमेरी क्यामेरा ८ मेगापिक्सेलको छ । सेल्फी र भिडियो कलिङका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । जुन ए-आई ब्युटी मोडका साथ उपलब्ध गराइएको छ । आइटेलको यो स्मार्टफोन २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेजका साथ आएको छ ।

कनेक्टिभिटीका लागि यो फोनमा वाईफाई, फेस अनलक, फिङरप्रिन्ट सेन्सर, ३.५ एमएमको हेडफोन ज्याक तथा माइक्रो यूएसबी चार्जिङ पोर्ट दिइएको छ ।