३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप २६ हजार सङ्क्रमित, २५२ को मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । 
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४५ हजार ३८५ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख नौ हजार ५७५ देखिएको छ । यो सङ्ख्या १८४ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।