४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६ वर्षअघि युवतीको हत्या अभियोगमा फरार रहेका एसराज लामा विराटनगरबाट…

विराटनगर। छ वर्षअघि युवतीको क्रूरतापूर्वक हत्या गरेको आरोपमा फरार रहेका एसराज लामा पक्राउ परेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय लामा शनिबार आफ्नै घरबाट पक्राउ परेका हुन्। प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ की २१ वर्षीया ईशा योगी शेर्पाको २०७६ साल वैशाख ८ गते हत्या भएको थियो।