२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ वर्षअघि युवतीको हत्या अभियोगमा फरार रहेका एसराज लामा विराटनगरबाट पक्राउ



अ+ अ-

विराटनगर। छ वर्षअघि युवतीको क्रूरतापूर्वक हत्या गरेको आरोपमा फरार रहेका एसराज लामा पक्राउ परेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय लामा शनिबार आफ्नै घरबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ की २१ वर्षीया ईशा योगी शेर्पाको २०७६ साल वैशाख ८ गते हत्या भएको थियो। उनी विराटनगर–१६ मा डेरा गरी पसलमा काम गर्दै आएकी थिइन्। ईशाको प्रेमसम्बन्ध रेम्बो उपनामले चिनिने रुद्रराज लामासँग थियो, जो एसराज लामाका छोरा हुन्।

अनुसन्धानबाट खुलेअनुसार प्रेमिकालाई आफ्नै घरमा बोलाएर रुद्रराजले बुवा–आमाको मिलेमतोमा पेट्रोल छर्की आगो लगाएका थिए। कीर्तिपुर अस्पतालमा उपचारको क्रममा गम्भीर घाइते ईशाको मृत्यु भएको थियो।

हत्या अभियोगमा रुद्रराज, उनका बुवा एसराज र आमा फरार थिए। प्रहरीद्वारा २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरिए पनि उनीहरू पक्राउ परेका थिएनन्। अहिले एसराज मात्र पक्राउ परेका छन् भने रुद्रराज विदेश पुगेको सूचना प्राप्त भएको छ। उनीलाई इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। र, आमाको स्थान भने अझै पत्ता लागेको छैन।

पक्राउ परेका एसराजमाथि कर्तव्य ज्यान मुद्दामा आइतबार अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।