© 2023
राँझा, (बाँके) । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ । चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहनुभएका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलोपटक धेरै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको