८ श्रावण २०८३, शुक्रबार
,
Latest
‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी



अ+ अ-

काठमाडौं । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै अब स्थानियहरुले बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवासमेत सहज रूपमा लिन सक्नेछन्।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भुमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने बताइन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै