११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुवि खानसहितका अधिकारकर्मीलाई प्रहरीले छाड्यो

काठमाडौँ । प्रहरीको नियन्त्रणमा परेका रुवि खानलगायत अधिकारकर्मीको टोलीलाई छाडिएको छ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी खानलगायतलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो । माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेका अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला उनीहरुलाई पक्राउ गरिएको