३ पुष २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुवि खानसहितका अधिकारकर्मीलाई प्रहरीले छाड्यो



अ+ अ-

काठमाडौँ । प्रहरीको नियन्त्रणमा परेका रुवि खानलगायत अधिकारकर्मीको टोलीलाई छाडिएको छ ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी खानलगायतलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेका अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुले माइतीघरमण्डलाबाट न्यायको माग गर्दै र्‍याली निकालेका थिए । यसैबीच, अधिकारकर्मी खानले आफूहरुका माग सम्बोधन गर्ने प्रक्रिया पाँच दिनभित्र सुरु नगरे आमरण अनसन बस्ने चेतावनी दिएकी छन् ।

उनीहरुले ‘निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने’लगायतका माग राखेका छन् ।