© 2023
काठमाडौँ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुन्नाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन् । छोटो समयको प्रशिक्षण भएपनि नयाँ र पुराना खेलाडीहरूबीचको उत्कृष्ट समन्वयले टोली सन्तुलित र बलियो बनेको उनले उल्लेख गरिन् । टोलीको तयारीबारे जानकारी दिँदै कप्तान ठगुन्नाले तयारी निकै राम्रो भइरहेको बताइन् ।