२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदान र दर्शकको साथले टोलीको मनोबल उच्च छ, भारतलाई हराउँदै उपाधि जित्ने लक्ष्यः कप्तान निरुता ठगुन्ना



अ+ अ-

काठमाडौँ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान निरुता ठगुन्नाले आगामी प्रतियोगिताका लागि टोलीको तयारी उत्साहजनक रहेको बताएकी छन् ।

छोटो समयको प्रशिक्षण भएपनि नयाँ र पुराना खेलाडीहरूबीचको उत्कृष्ट समन्वयले टोली सन्तुलित र बलियो बनेको उनले उल्लेख गरिन् । टोलीको तयारीबारे जानकारी दिँदै कप्तान ठगुन्नाले तयारी निकै राम्रो भइरहेको बताइन् ।

अनुभवी र युवा खेलाडीहरूको समिश्रणले टिममा राम्रो कम्बिनेसन मिलेको र आफ्नो उत्कृष्ट प्रदर्शन मैदानमा देखाउन आतुर रहेको बताइन् ।

घरेलु मैदानमा खेल्न पाउनु टोलीका लागि ठूलो अवसर र ऊर्जाको स्रोत भएको उनले बताइन् । नियमित रूपमा सोही मैदानमा अभ्यास गरिरहेकाले पनि खेलाडीहरूलाई वातावरणसँग घुलमिल हुन सहज भएको उनको भनाइ छ ।

नयाँ जिम्मेवारी र टोलीको नेतृत्वका विषयमा बोल्दै निरुताले कप्तानको रूपमा आफूलाई कुनै दबाब महशुस नभएको स्पष्ट पारिन् । टिमका सबै सदस्यहरू लामो समयदेखि सँगै खेल्दै आएका र प्रशिक्षकहरूको पूर्ण सहयोग रहेकाले पनि नेतृत्व गर्न सहज भएको उनले बताइन् ।

हाल टोलीलाई मुख्य प्रशिक्षकसहित तीन जना प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् । नेपाली टोलीको मुख्य लक्ष्य भारतलाई पराजित गर्दै उपाधि हात पार्नु रहेको कप्तान ठगुन्नाले दृढता व्यक्त गरिन् ।

राष्ट्रिय टोली अहिले आफ्ना कमजोरीहरूलाई सुधार्दै र प्राविधिक पक्षमा केन्द्रित भएर अन्तिम तयारीमा जुटेको छ । कप्तान ठगुन्नाले खेलाडीहरूको अनुशासन, मेहनत र दर्शकको मायाले यस पटक नेपाली भलिबलले नयाँ इतिहास रच्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

अर्को साताबाट शुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीमा निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रतियोगितामा सेन्ट्रल एशियाका नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स र कजाकिस्तानगरि कुल ८ राष्ट्र सहभागी रहेका छन् । सहभागी ८ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ ।

जसअनुसार समूह ‘ए’ मा नेपाल सहित किर्गिस्तान, भारत र माल्दिभ्स तथा समूह ‘बी’ मा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् ।

च्याम्पियनसिप जेठ ८ गतेदेखि १५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट छन् ।

निरुता ठगुन्ना(कप्तान), सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, एलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुवँर, मिना सुनार, प्रगति नाथ र जशना महतो टोलीमा परेका छन् । –न्युज एजेन्सी नेपाल