© 2023
काठमाडौँ । राजधानी काठमाडौँको जोरपाटीमा जमिनबाट ग्यास निस्किएको छ । पानीका लागि बोरिङ खन्दा जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको हो । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान करिब सवा दश बजे ग्यास निस्किएको बताइएको छ । करिब ५० मिटरसम्म माथि पुगेको ग्यासमा बालुवा र लेदोको मिश्रण