© 2023
काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ । खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो ।