© 2023
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई समितिले बोलाउने भएको हो । समितिको मंगलबार बसेको बैठकले भोलि बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो ।