© 2023
काठमाडौँ । नेकपा (एमाले) नेता कृष्ण अर्याल पक्राउ परेका छन् । सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई पक्राउ गरी अपराध महाशाखालाई बुझाइएको छ ।